Rule 20
अनुज्ञापत्र ९लाइसेन्स फिर्ता गर्नु पर्ने
कुनै अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले आफूले पाएको अनुज्ञापत्रको म्याद नाघेको पैंतीस दिनभित्र शिकार रजिष्टरको साथै त्यस्तो अनुज्ञापत्र फिर्ता गर्नु पर्नेछ । जिल्ला शिकार अनुज्ञापत्र जहाँबाट प्राप्त गरिएको हो सोही ठाउँमा र अन्य किसिमका अनुज्ञापत्र लाइसेन्स राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कार्यालय वा जहाँबाट प्राप्त गरिएको हो सोही ठाउँमा फिर्ता गर्नु पर्नेछ ।